अभिनेत्री करिश्मा मानन्धरको बारेमा आपत्तिजनक अन्तर्वार्ता दिएको आरोपमा पक्राउ परेका डिल्लीराम खनालविरुद्ध काठमाडौं जिल्ला अदालतमा अभियोग पत्र दर्ता भएको छ।
सरकारी वकिलको कार्यालयले खनालसहित उनको अन्तर्वार्ता लिएर प्रशारण गर्ने न्यु अनलाइन टिभी नामको युट्युब च्यानलका सञ्चालकलाई पनि प्रतिवादी बनाई आज काठमाडौं जिल्ला अदालतमा अभियोग पत्र दर्ता गराएका हुन्।
उनीहरुविरुद्ध एक लाख रुपैयाँसम्म जरिवाना वा ५ वर्षसम्म कैद वा दुवै सजाय माग गरिएको छ। यस अघि अभिनेत्री मानन्धरले उनीहरू विरुद्ध साइबर ब्युरोमा जाहेरी दिएकी थिइन्। नेपाल प्रहरीको साइबर ब्युरोमा माघ २५ गते करिश्माले डिल्लीरामविरुद्ध उजुरी दिएको ब्युरोका प्रवक्ता पशुपतिकुमार रायले जानकारी दिएका छन्। डिल्लीराम खनाललाई प्रहरीले फागुन ५ गते पक्राउ गरिसकेको छ।
प्रकाशित: २१ फाल्गुन २०७९ ०८:०२ आइतबार