कला

साँच्चै म तिमीलाई मन पराको मान्छे

गजल

विक्रम चेतनशील

साँच्चै म तिमीलाई मन पराको मान्छे,

पराई हुन्छौ कि भनेर डराको मान्छे।

आफ्नै सम्झेर मुटुमा सजाएको थिएँ,

रैछौ तिमी त प्यासी भमराको मान्छे।

भो मलाई नसोध बिन्ती यो यात्राको लक्ष्य,

म कर्तव्यको मूलबाटो हराएको मान्छे।

प्रमाण खोज्यौ रे तिमीले मसँग पिरतीको,

म तिम्रै निम्ति सपनीमा बर्बराएको मान्छे।

एक कान्लामुनि बसी माथि हेर्नु भूल थियो,

नहेर्नु हेरिएछ तिमी माथिल्लो गराको मान्छे। 

प्रकाशित: २८ माघ २०७९ ०७:३५ शनिबार

अक्षर