कला

ज्योती अधिकारीको ‘रूपै राम्रो’

पछिल्लो समय नेपाली टीकटकप्रेमीहरूले निकै रुचाएको नेपाली गीत ‘रूपै राम्रो’ रेज इन्टरटेन्मेन्ट युटयुव च्यानलमार्फत बजारमा आएको छ।

डा.शैलेशकुमार मिश्र र ज्योती अधिकारीको आवाजमा रहेको उक्त गीतको संगीत दिपक रमणले गरेको हुन् भने शब्द चन्द्रलाल तामाङको रहेको छ।

सञ्जय हमालको यरेञ्ज तथा विषन मानन्धरको मिक्सिङ रहेको भिडियोमा विक्की साह र सालु श्रेष्ठको कला, नितेश घतानको छायांकन, दिनुप मगर र कुन्दन यादवको कोरियोग्राफी, काजोल चौधरीको श्रृंगार र कवीर ओडको सम्पादन रहेको छ।

गीतको भिडियोले युवा पुस्ताको माया प्रेमलाई दर्शाएको छ। भिडियोको निर्देशन रोशन दासको रहेको छ।

प्रकाशित: २८ मंसिर २०७९ ०३:५७ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App