कला

वरिष्ठ पत्रकार ध्रुवहरि अधिकारी र साहित्यकार गोविन्द गिरी सम्मानित

दोलखाका अग्रणी समाजसेवी तथा शिक्षाप्रेमी स्वर्गीय रुक्मणिराज सिवाकोटीको प्रथम स्मृति दिवसका अवसरमा वरिष्ठ पत्रकार ध्रुवहरि अधिकारीलाई’ रुक्मणिराज सिवाकोटी स्मृति पत्रकारिता सम्मान’ तथा ‘रुक्मणिराज शिवाकोटी स्रष्टा सम्मान’ साहित्यकार गोविन्द गिरी प्रेरणालाई समर्पण गरिएको छ।

कार्यक्रमका सभापति प्राडा माधवप्रसाद पोखरेल, प्रमुख अतिथि सर्वोच्च अदालतका पूर्वन्यायाधीश टोपबहादुर सिंह, विशिष्ट अतिथि सर्वोच्च अदालतका पूर्वन्यायाधीश प्रकाश वस्ती लगायत विशिष्ट महानुभावहरूबाट यी सम्मान प्रदान गरिएको थियो।

‘ज्ञानगुनका कुरा’ पत्रिकाको भाग २०६ देखि २१० सम्मका विभिन्न अंक पनि लोकार्पण भयो। ती क्रमशः ज्ञानमणि नेपाल (चौथो श्रृंखला), कमल  दीक्षित (स्मृति अंक-१) ध्रुव अधिकारी (अंक-१) गोविन्द गिरी प्रेरणा (अंक-१) र डा.महेशराज पन्त (अंक-१) यसै कार्यक्रममा विमोचन भएका छन्।

ज्ञानगुन कानुन प्रतिष्ठानबाट प्रकाशित न्याय पत्रिकाको भाग ३४ देखि  ३७ सम्मका अंक पनि विमोचन भएका छन्। त्यसमा कानुन क्षेत्रका मूर्धन्य व्यक्तित्वहरू धनेन्द्रबहादुर सिंह (स्मृति अंक-२), विश्वनाथ उपाध्याय (स्मृति अंक-३),  टोपबहादुर सिंह (अंक-१) र न्यायमूर्ति जोन मार्सल (स्मृति अंक-२) छन्।

रुक्मणिराज सिवाकोटी स्मारक कोषले  प्रकाशन गरेको  समाजसेवी रुक्मणिराज सिवाकोटी स्मृति पुष्प-३ पनि लोकार्पण गरिएको थियो। साथै यसअघि प्रकाशित ‘अक्षरको अभिवादन-कृष्णप्रसाद श्रेष्ठ’  र ‘जस्टिक’ (शेषराज सिवाकोटीको सम्पादन) को  पुनर्प्रकाशित संस्करण पनि सार्वजनिक गरिएको थियो।

कार्यक्रमको आयोजना रुक्मणिराज सिवाकोटी स्मारक कोष, ज्ञानगुन साहित्य प्रतिष्ठान, ज्ञानगुन कानुन प्रतिष्ठान र ज्ञानगुन प्रकाशनले हार्दिक होटल  बागबजारमा गरेका थिए। स्वर्गीय रुक्मणिराजका छोरा शेषराज सिवाकोटी (उच्च अदालत सुर्खेको माननीय मुख्यन्यायाधीशबाट हालै सेवानिवृत्त) ले स्वागत मन्तव्य राखेका थिए।

कार्यक्रममा शरच्चन्द्र वस्ती, रमेश शभेच्छुक, प्रमोद प्रधान, ध्रुवहरि अधिकारी, गोविन्द गिरी  प्रेरणा, चिन्तामणि  सिवाकोटी, रोचक घिमिरे, गोपाल थपलिया, प्रकाश वस्ती, टोपबहादुर सिंह, माधवप्रसाद पोखरेल श्रीबाबु कार्की लगायतका वक्ताहरूले शुभकामना मन्तव्य राखेका थिए।

प्रकाशित: १५ मंसिर २०७९ ०३:५४ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App