कला

शान्तदास मानन्धरलाई ‘साहित्य-सृष्टि बालवाङमय साधना सम्मान’

बालवाङमय तथा अनुसन्धान केन्द्रले ‘साहित्य-सृष्टि बालवाङमय साधना सम्मान-२०७९’ पहिलोपटक  नेपाली बालसाहित्यका विशिष्ट साधक शान्तदास मानन्धरलाई समर्पण गर्ने भएको छ। सो सम्मान अन्तर्गत  रू. २५ हजार नगदसहित सम्मानपत्र प्रदान गरिन्छ।

उक्त सम्मानका लागि साहित्यकार प्रमोद प्रधान, उनकी श्रीमती ब्यूटी श्रेष्ठ र छोरी सृष्टि प्रधानले ५ लाख रूपैयाँको अक्षयकोष स्थापना गरेका छन्।

बालवाङमय तथा अनुसन्धान केन्द्रका अध्यक्ष प्रमोद प्रधानको अध्यक्षतामा बसेको बैठकले मानन्धरलाई सम्मान समर्पण गर्ने निर्णय गरेको हो। बैठकले ‘राकुपा बालवाङमय बालप्रतिभा पुरस्कार’ को राशि १० हजार रूपैयाँ गर्ने निर्णय पनि गरेको छ।

सो पुरस्कारका लागि वरिष्ठ हास्यव्यंग्य लेखक एवं बालसाहित्यकार प्रा.रामकुमार पाँडेले २ लाख ११ हजार १११ रूपैयाँको अक्षयकोष राखेका छन्। उक्त पुरस्कार २० वर्षमुनिका स्रष्टाका उत्कृष्ट कृतिलाई प्रदान गर्न स्थापना गरिएको हो। पुस्तक छनौट हुँदै छ।

प्रकाशित: ६ मंसिर २०७९ ०८:५६ मंगलबार

अक्षर