सुदूरपश्चिमको एकमात्र उपमहानगरपालिका धनगढीको मेयरमा मतगणनाको सुरुदेखि अग्रता लिएका स्वतन्त्र उम्मेदवार गोपाल हमाल ३ हजार भन्दा बढी मतान्तरले अग्रता लिएका छन्। उनलाई गठबन्धनका तर्फबाट नेपाली काग्रेसका उम्मेदवार नृप बहादुर वडले पछ्याइरहेका छन्।
अहिले सम्म १४ हजार ७ हजार ७ सय ३६ मत गणना हुदाँ हमालले ६ हजार ५ सय ९६ मत प्राप्त गरेका छन्। उनलाई पछ्याइरहेका नेपाली काग्रेसका वडले ३ हजार ३ सय ५४ मत प्राप्त गरेका छन्। भने एमालेका रणबहादुर चन्दले १ हजार ६ सय ७४ मत पाएका छन्।
यसैगरी उपमेयर पदमा माओवादी केन्द्रका शान्तिअधिकारीले २ हजार ९ सय ४० मत प्राप्त गरेकी छन्। उनलाई पछ्याइरहेकी एमालेका कन्दकला रानाले १ हजार ८ सय ४५ मत प्राप्त गरेकी छन्। मतगणनाको सुरुवातमा तेस्रोमा रहेकी राना स्वतन्त्र उम्मेदवार प्रभाकर भण्डारीलाई उछिनेर अग्रता लिइरहेकी अधिकारीसँग मतान्तर घटाउदै गएकी छन्। स्वतन्त्र उम्मेदवार भण्डारीले १ हजार ६ सय ४७ मत पाएका छन्।
धनगढी उपमहानगरपालिकाको वडा नं १ को मतगणना सकिएको छ। वडा नं २, वडा नं ३, वडा नं १८ र वडा नं १९ को मतगणना भैरहेको छ। ६३ हजार ७ सय १५ जनाले मतदान गरेका थिए। ९७ जना जना जनप्रतिनिधी चुनिने छन्।
प्रकाशित: ३ जेष्ठ २०७९ ०३:४६ मंगलबार