निर्वाचन विशेष

धनगढी उपमहानगरपालिकाः स्वतन्त्र उम्मेदवार हमाल अग्रता बढाउँदै

सुदूरपश्चिमको एकमात्र उपमहानगरपालिका धनगढीको मेयरमा स्वतन्त्र उम्मेदवार गोपाल हमालले अग्रता बढाउदै लगेका छन्। 

मतगणनाको सुरु भएदेखि  नै अग्रता लिएका हमालले ७ हजार ४ सय ७० मत गणना हुदाँ ३ हजार ३ सय २९ मत प्राप्त गरेका छन्। उनलाई पछ्याइरहेका नेपाली कांग्रेसका उम्मेदवार नृप बहादुर वडले १ हजार ८ सय ३७ मत प्राप्त गरेका छन् भने एमालेका रणबहादुर चन्दले ७ सय ८३ मत पाएका छन्।

यसैगरी उपमेयर पदमा माओवादी केन्द्रका शान्ति धिकारीले १ हजार ६ सय २३ मत प्राप्त गरेकी छन्। एमालेका कन्दकला रानाले १ हजार ३ सय ५३ मत प्राप्त गरेकी छन्। मतगणनाको सुरुवातमा तेस्रोमा रहेकी राना स्वतन्त्र उम्मेदवार प्रभाकर भण्डारीलाई उछिनेर दोस्रोमा पुगेकी छन्। स्वतन्त्र उम्मेदवार भण्डारीले १ हजार १८ मत पाएका छन्।

धनगढी उपमहानगरपालिकाको वडा नं १ को मतगणना सकिएको छ। वडा नं १ मा वार्ड अध्यक्ष सन्तोष मुढभरी सहित सदस्यमा नेपाली कांग्रेसको पुरै प्यानल विजयी भएको छ। वडा नं २, वडा नं ३, वडा नं १८ र वडा नं १९ को मतगणना भैरहेको छ। ६३ हजार ७ सय १५ जनाले मतदान गरेका थिए। ९७ जना जना जनप्रतिनिधी चुनिने छन्।

प्रकाशित: २ जेष्ठ २०७९ ०२:५९ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App