अर्बपति एलन मस्कले ग्रोकिपिडिया सञ्चालनमा ल्याएका छन्। यसलाई उनले कृत्रिम बुद्धिमत्ता (एआई) ले बनाएको विश्वकोशको संज्ञा दिएका छन्।
उनले यसलाई विकिपिडियाको कम पक्षपाती विकल्प भनेर विज्ञापन गरिरहेका छन्। उनका अनुसार यो सत्यवादी र स्वतन्त्र विकल्प हो। साइट लाइभ भएको केही घण्टाभित्र क्र्यास पनि भएको थियो। यो साइट विकिपिडियासँग मिल्छ।
वासिंगटन पोस्टका अनुसार ग्रोकिपिडियाले दक्षिणपन्थी विचारधारमा झुकाव राख्छ। लिंगसम्बन्धी लेखमा ‘लिंगले जैविक आधारमा पुरुष वा महिलाको वर्गीकरण जनाउँछ’ भनिएको छ। अर्कोतिर विकिपिडियाले सामाजिक र सांस्कृतिक पक्ष समेट्छ।
मस्कको एक्सएआईको ग्रोक प्रणाली प्रयोग गरी बनाइएको यो साइटमा अहिले ८ लाख ८५ हजार २७९ लेख उपलब्ध छन्। विकिपिडियामा ८० लाखभन्दा बढी लेख उपलब्ध छन्। मस्कको पृष्ठले उनको कामलाई अतिशयोक्तिपूर्ण रूपमा वर्णन गरेको छ।
ग्रोकिपिडियाले एक्सका पोस्ट प्रयोग गर्छ। सोहीकारण गलत जानकारी दिन सक्ने जोखिम छ। मस्कले विकिपिडियालाई उदारवादीतर्फ पक्षपातपूर्ण सोच राख्ने गरेको आरोप लगाउँदै ग्रोकिपिडिया सञ्चालनका ल्याएका हुन्। कतिपयले एआईले विश्वकोश लेख लेख्न नसक्ने तर्क गरेका छन्। यसबाट त्रुटि धेरै हुने उनीहरूको तर्क छ। एजेन्सी
प्रकाशित: ११ कार्तिक २०८२ १०:११ मंगलबार



