प्रविधि

दूर सञ्चार क्षेत्रमा नागरिकको पहुँच विस्तारमा भूमिका खेल्छु: मन्त्री खरेल

नवगठित अन्तरिम सरकारका सञ्चार तथा सूचना प्रविधि मन्त्री जगदीश खरेलले दूर सञ्चार क्षेत्रमा नागरिकको पहुँच विस्तारमा भूमिका खेल्ने प्रतिवद्धता जनाएका छन् ।  

उनले जेन-जी आन्दोलनको बलिदानको सम्मान गर्दै सूचना तथा सञ्चार क्षेत्रमा पहुँच विस्तार गर्ने बताए ।  मन्त्री खरेलले आफ्नो पदभार ग्रहण गरेसँगै एआई कृत्रिम बौद्धिकता नीति पास गराएर त्यसको कार्यान्वयनलाई अगाडि बढाउने बताए ।  

जेन-जी आन्दोलनको उद्गम बिन्दु सामाजिक सञ्जाल भएकोले नागरिकको सूचनामा पहुँच सुनिश्चित गर्न सार्वजनिक स्थानमा निःशुल्क इन्टरनेट उपलब्ध गराउने पहिलो निर्णय गरेको मन्त्री खरेलको भनाइ छ ।

उनले आगामी दुई महिनाभित्र काठमाडौं उपत्यकाभित्रका महत्त्वपूर्ण सार्वजनिक स्थानमा निःशुल्क इन्टरनेट उपलब्ध गराउने योजना रहेको बताए । आगामी पाँच महिनाभित्र देशका १० वटा प्रमुख सार्वजनिक स्थानमा यो सुविधा विस्तार गर्ने प्रतिबद्धता खरेलले गरेका छन् । 

प्रकाशित: ६ आश्विन २०८२ १७:२३ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App