प्रविधि

टेलिकमको ब्यालेन्स ट्रान्सफर बन्द

काठमाडौँ, माघ ८ (नागरिक)- नेपाल टेलिकमको प्रिपेड मोबाइल सेवामा ब्यालेन्स ट्रान्सफर सेवा आजदेखि अनिश्चित कालका लागि बन्द गरिएको छ।

 

 टेलिकमले सार्वजनिक गरेको सूचनामा 'सेवालाई अझ व्यवस्थित गर्ने' भनिए पनि स्रोतका अनुसार सो सेवाको दुरुपयोग गर्दै ठूलो परिमाणमा रकम अवैध रिचार्ज भइरहेकोले त्यसलाई रोक्न नसकेर सम्पूर्ण सेवा बन्द गरिएको हो।

 

यसअघि पनि लामो समयसम्म ट्रान्सफर सेवा बन्द गरिएकोमा दशैँतिर टेलिकमले साना दरका रिचार्ज कार्ड बजारमा उपलब्ध नभएपछि खुला गरिएको थियो।

ब्यालेन्स ट्रान्सफर सेवा कहिलेसम्म सुरु हुन्छ भन्नेबारे टेलिकमले केही बताएको छैन। सूचनामा 'अर्को सूचना नभएसम्म' बन्द भनिएको छ।

 

प्रकाशित: ८ माघ २०६६ ००:१२ शुक्रबार