प्रविधि

ओटेल फ्रि एप बजारमा, स्मार्टफोन प्रयोगकर्तालाई सुविधा

काठमाडौं– विभिन्न ब्राण्डका स्मार्टफोन प्रयोगकर्तालाई विभिन्न इन्टरनेट सुविधा उपलब्ध गराउन ओटेल फ्री एप्लिकेशन बजारमा आएको छ।

आइफोन, एन्ड्रोइड, ब्ल्याकबेरीलगायत स्मार्टफोन प्रयोगकर्ताले डाउनलोड गरेर प्रयोग गर्न सकिने यो एपबाट निःशुल्क एसएमएस, भिडियो कल, ग्रुप कल, अडियो, इन्टरनेट नभएको अवस्थामा प्रयोग गर्न सकिने सशुल्क टेलिफोन सेवासमेत उपलब्ध हुने बताइएको छ।

ओसियन टेक्नोलोजीद्वारा खास गरी जापानमा बस्ने गैरआवासीय नेपाली इन्जिनियर तथा प्रोग्रामरहरुको संलग्नतामा निर्माण गरिएको उक्त एप बारे WWW.otel.co.jp बाट पाउन सकिने कम्पनीले जनाएको छ।

प्रकाशित: २१ पुस २०७२ ०३:५२ मंगलबार