प्रविधि

२०१५ मा कुन कुन एप चर्चामा रहे?

काठमाडौं-केहि यस्ता एप निर्माण भएका छन् जसको मदतले विभिन्न काम स्मार्टफोनबाटै गर्न सकिन्छ। स्मार्टफोनले कम्प्युटर खोलिरहनुपर्ने बाध्यताबाट केहि मुक्त गरिदिएको छ। कम्युटरबाट गर्ने धेरै काम एपको सहायताले सहजै गर्न सकिन्छ।


स्मार्टफोनको स्क्रिन ठूलोहुँदा त झन् काम गर्न सजिलो भएको छ। यस बर्ष मोवाइल अपरेटिङ सिस्टम एन्ड्रोइडको बोलवाला रह्यो। सफ्टवेयर कम्पनीले आफ्ना सफल प्रोडक्ट एन्ड्रोइड स्मार्टफोनको लागि तयार गर्न पर्यो र एप निशुल्क समेत दिनु पर्यो। यस बर्ष यी एपहरु चर्चामा रहे।

१. माइक्रोसफ्टले एन्ड्रोइडमा आफ्नो वर्ड, पावर पोइन्ट र एक्सलको यो बर्ष लन्च गर्यो। असीको दशक पछि यी सफ्टवेयरले कम्प्यूटरको दुनिया बदलेका थिए। एन्ड्रोइड स्मार्टफोन दुनियाँको सबै भन्दा ठूलो मोवाइल अपरेटिङ सिस्टम हो। त्यसले माइक्रोसफ्टले आफ्नो सफल सफ्टवेयर प्रोडक्ट एन्ड्रोइडको लागि बनायो। गुगल प्ले स्टोरमा गएर आफ्नो फोनमा यो फ्री डाउनलोड गर्न सकिन्छ। स्मार्टफोनमा रम्न थालेको दुनियाँमा माइक्रोसफ्टले आफ्नो रङ बदल्न परेको छ। माइक्रोसफ्ट र गुगल प्रतिद्वन्दी कम्पनी हुन् तर पर्सनल कम्प्यूटरमा माइक्रोसफ्टको सफ्टवेयर प्रिय छ। यीनै सफ्टवेयरको माध्यमबाट पैसा कमाइरहेको माइक्रोसफ्टले अहिले स्मार्टफोनको लागि एप निकाल्नु पर्यो त्यो पनि निशुल्क।

२. यो बर्ष लन्च भएको पेरिस्कोपले लाइव ब्रोडकास्टको अर्थलाई नै बदलिदियो। यो एपको सहयोगले अव हरेक ब्यक्ति, जो सँग स्मार्टफोन छ उसले हरेक घटनाको ब्रोडकास्ट गर्न सक्छ। स्मार्टफोनको क्यामेरा पनि पहिले भन्दा निकै राम्रो छ जसले पनि यसलाई सहयोग गरिरहेको छ। यदि तपाइ केहि मानिसलाई फलो गर्नु हुन्छ भने उनीहरु जे ब्रोडकास्ट गर्छन् त्यसलाई देख्न सक्नुहुने छ। फलो निशुल्क गर्न सकिन्छ।

३. २०१५ मा लन्च भएको स्लिंग टीभीको सहायताले तपाई आफ्नो एन्ड्रोइड स्मार्टफोन टीभी स्क्रिनमा बदल्न सक्नु हुनेछ। वाईफाई, थ्रीजी प्रोयोग गरेर यो एपको माध्यमबाट टेलिभिजन च्यानल हेन्न सकिन्छ। स्लिंग सबै ठाउँमा हेर्न सकिन्छ तर ययसको लागि स्लिंग बक्स भने किन्नुपर्ने हुन्छ। त्यस पछि कुनै पनि डिभाइसमा केबल वा स्याटलाइट च्यानल हेर्न सकिन्छ। एन्ड्रोइडका अनुसार एपको सुधार गर्न भने केहि समय लाग्नेछ। २०१६ मा यो झनै राम्रो हुने एन्ड्रोइडले जनाएको छ।

४. कोडी भिडियो हेर्न र म्युजिक सुन्न सहयोगि हुनेछ। आफ्नो घरमा नेटवर्कमा सेभ गरिएका म्यूजिक पनि यसको सहायताले सुन्न सकिन्छ। यदि युट्व या अमेजनको भिडियो हेर्नु छ भने पनि कोडीको सहायता लिन सकिने छ। विन्डोजको मिडिया सेन्टरमा विशेष फाइल मात्र चलाउन सकिन्छ तर कोडीमा सबै किसिमका फाइल चलाउने छुट छ।

५. फोटो सेयरिङको दुनियमा गुगल फोटोजले एप लन्च गरेर फोटो सेयरिङ एपको बजारमा खलवली ल्याइदियो। अनलाइन फोटो सेयरिङ, स्टोरेज र व्याकअपको लागि उसले आफ्ना ग्राहकको अनलिमिटेड स्टोरेजको विकल्प दिएको छ। यसको लागि तस्विरको रिज्योलुसन केहि कम गर्ने अनुमती पनि उसले मागेको छ।

६. तपाइ एन्ड्रोइड स्मार्टफोनमा खान एकेडेमी एप डाउनलोड गर्नु भयो भने विभिन्न कुराहरु सिक्न सक्नुहुन्छ। यसमा सिकाइको लागि १ हजार घण्टाको भिडियो हेर्न सकिनेछ। यो पनि फ्रीमा डाउनलोड गर्न सकिन्छ। विद्यार्थी देखि अन्य उमेरकालाइ समेत यो उपयोगि छ।

प्रकाशित: १७ पुस २०७२ ०३:०८ शुक्रबार