प्रविधि

एनटीसीको ब्यालेन्स ट्रान्सफर सेवा पुनः सुचारु

काठमाडौं– नेपाल टेलिकमले केही महिनादेखि बन्द गरेको ब्यालेन्स ट्रान्सफर सेवा शुक्रबारबाट सुचारु भएको जनाएको छ।

उक्त सेवामार्फत न्यूनतम १० रुपैयाँदेखि अधिकतम १ सय रुपैयाँसम्म ब्यालेन्स एनटीसी मोबाइल नेटवर्कभित्रका उपभोक्ताले ट्रान्सफर गर्न सक्ने जनाएको छ। टेलिकमले यो सेवा बन्द गर्दा ब्यालेन्स ट्रान्सफरमा उपभोक्ताहरुले निकै सास्ती भोग्दै आएका थिए।

प्रकाशित: १० पुस २०७२ ०२:४२ शुक्रबार