अहिले फोनबाट फोटो खिच्ने र गुणस्तरको कुरा भनेको कुखुरा र अन्डाजस्तै हो। यदि फोनबाट खिचिने फोटोको गुणस्तर राम्रो नभएको भए हामीले धेरै फोटो खिच्दैनथ्यौं होला।
धेरैका लागि स्मार्टफोनको क्यामेरालाई क्यामेराको अर्को साधनको रूपमा लिइरहेका छन् भने फोटोग्राफीमा सोख हुनेहरूका लागि यो उत्साहको अर्को कारण हो। स्मार्टफोन सबैभन्दा स्थापित व्यक्तिगत प्रविधि हो।
मेगा पिक्सेलभन्दा धेरै
प्रविधिले डिएसएलआर क्यामेराले दिने गुणस्तरको तस्बिर तपाईंको खल्तीमा अट्ने सानो साधनबाट खिच्न सक्ने सुविधा दिएको छ। तथापि सेन्सरको गुणस्तरमा केही सुधार गर्नुपर्ने देखिन्छ।
एप्पलको आइफोनको क्यामेरा ८ मेगा पिक्सेलको छ। यसले उच्च गुणस्तरको सोनी सेन्सर र एफ २.२ एपर्चर प्रयोग गर्छ। सामसुङले ग्यालेक्सी एस फाइभ र एस सिक्समा १६ मेगापिक्सेलको क्यामेरा र ठूलो सेन्सर राखेर परीक्षण गरिसकेको छ। आइफोनको अर्को संस्करणमा यो बढ्न पनि सक्छ।
यो मेगा पिक्सेलको कुरामात्र होइन। सन् २००८ मै फोनमा ८ मेगा पिक्सेलको क्यामेरा थियो। तर त्यति बेला फोन निर्माताहरू संख्या अर्थात् मेगा पिक्सेलको नम्बर बढाउनमा लागेको देखियो। तस्बिरको गुणस्तरमा कम जोड दिइयो। जटिल खालका तस्बिर प्रशोधन धान्न सक्ने प्रोसेसरहरू आउनुका साथै फिल्टर गर्दै विकसित इफेक्ट राख्न मिल्ने सफ्टवेयर आएपछि यी कुराहरु परिवर्तन हुन थाले।
उत्कृष्ट स्मार्टफोन क्यामेरा
अहिले कुन फोटो डिएसएलआर र कुन स्मार्टफोनबाट खिचेको भनेर छुट्याउन गाह्रो हुन थालिसकेको छ। पछिल्लो समय स्मार्टफोन निर्माताहरू फोनलाई उत्कृष्ट बनाउन क्यामेरामा निकै लगानी गर्न थालिसकेका छन्। एचटिसी र एलजी फोनमा थि्रडी क्यामेराजस्ता विशेषता थपिएका थिए भने लुमिना १०२० मा ४१ मेगा पिक्सेलको सेन्सर राखिएको थियो।
यतिमात्र होइन। एलजीले यसको स्मार्टफोनमा लेजर अटो फोकस प्रविधि ल्यायो। एचटिसीको वान एम एटमा गहन डाटा रेकर्ड गर्ने गरी २ वटा क्यामेरा सेटअप प्रयास भएको थियो। तर ४ मेगा पिक्सेल सेन्सर भएको क्यामेरा भएकाले यसबाट सानो आकारका फोटोमात्र खिचिए।
अहिले बजारमा आएका धेरै स्मार्टफोनको क्यामेरामा अप्टिकल इमेज स्टेबलाइजेसन राखिएको छ, जसले गर्दा हात हल्लिँदा अस्पष्ट वा धमिलो तस्बिर खिचिने सम्भावना कम हुँदै गइरहेको छ।
अहिले स्मार्टफोन फोटोग्राफी दिनदिनै राम्रो हुँदै गइरहेको छ। बिस्तारै स्मार्टफोन क्यामेराहरू पनि ठूला डिएसएलआर क्यामेराजस्तै हुन थालिसकेका छन्। गोजीमा अट्ने फोनमा ठूला क्यामेरामै भएजस्तै सबै कुरा नभए पनि प्रकाशको अवस्था र तस्बिरको गुणस्तरमा भने समानान्तर हुन सक्छ।
स्मार्टफोन क्यामेराको प्रगति
फिक्स्ड फोकस टेलिफोटो क्यामेरा र सामान्य वाइड एंगल क्यामेरा स्मार्टफोनको क्यामेराका नयाँ विशेषता हुन्। यो हामीले चाँडै देख्न पाउनेछौं। यसले अप्टिकल जुम इफेक्ट सिर्जना गर्छ। यसमा वास्तविक भाग भने सर्दैन। साना स्मार्टफोनमा डिजिटल जुम लेन्सका लागि स्थान नहुने भएकाले यो महŒवपूर्ण छ।
स्मार्टफोनमा अब थि्रडी कम्प्युटेसनल फोटोग्राफी पनि आउन लागेको छ। यो प्रविधिले लेन्सले गर्न सक्नेभन्दा धेरै मात्रामा तस्बिरहरू प्रशोधन गर्न सक्नेछ। स्मार्टफोनमै अब कम प्रकाशमा पनि राम्रो तस्बिर खिच्न सक्ने सुविधा आउँदैछ भने उच्च रिजोलुसन र फोर के गुणस्तरको भिडियो खिच्न पनि सकिनेछ।
(सिनेटबाट साभार)
प्रकाशित: ४ भाद्र २०७२ २२:४६ शुक्रबार