प्रविधि

आफ्नै साथीको फेसबुक ह्‍याक गरेर जथाभावी पोष्ट गर्ने पक्राउ

काठमाडौं-आफ्नै महिला साथीको फेसबुक प्रोफाइल ह्‍याक गरी विभिन्न अश्लिल तस्बिरहरु पीडितको आफन्त तथा साथीहरुलाई पोष्ट गरी धम्कीपूर्ण म्यासेज पठाउने व्यक्ति पक्राउ परेका छन्।

साथीको फेसबुक ह्‍याक गरेर मानसिक यातना दिई डरत्रास देखाउँदै व्यक्तिगत मान मार्यादामा आँच आउने किसिमको कार्य गर्ने रामेछाप जिल्ला साँघुटार-१ का वर्ष २७ जीवन भनिने अरविन्द श्रेष्ठलाई प्रहरीले पक्राउ गरेको हो। उनलाई ललितपुर-७ ग्वार्कोबाट पक्राउ गरी विद्युतीय कारोबार ऐनअन्तर्गत आवश्यक कारबाहीका लागि महानगरीय प्रहरी परिसर काठमाण्डौंमा पठाइएको प्रहरीले जनाएको छ।

प्रकाशित: ३ असार २०७२ २३:०३ बिहीबार