प्रविधि

भूगर्भ विभागको भूकम्पबारे सूचना दिने एप

काठमाडौं–खानी तथा भूगर्भ विभागले भूकम्पबारे सूचना दिने ‘नेपाल अर्थक्वेक अपडेट्स्’ नामक मोबाइल एप सार्वजनिक गरेको छ। खानी तथा भूगर्भ विभागका अनुसार ४ रेक्टरस्केलभन्दा माथिका भूकम्प जानासाथ भूकम्पको सबै सूचना मोबाइल एप्मा अपडेट हुनेछ । 


शनिबार एक कार्यक्रमकाबीच उद्योगमन्त्री महेश बस्नेतले उक्त एपको शुभारम्भ गरे। साथै भूकम्पबार जानकारी लिन शुल्क नलाग्ने टेलिफोन नम्बर(टोल फ्री नम्बर) १६१८०१४४१०१४१ को समेत शुभारम्भ गरे। 

खनी तथा भूगर्भ विभागले भूकक्पबारे सर्वसाधारणलाई जानकारी दिन शनिबार ल्याएको एप यहाँबाट डाउनलोड गर्नुहोस्ः

https://play.google.com/store/apps/details?id=np.com.mls.nepalquakeupdate

 

प्रकाशित: २ जेष्ठ २०७२ ०६:३८ शनिबार