प्रविधि

एलसेलको सुविधा

काठमाडौं-एनसेलले भूकम्पद्वारा अति प्रभावित १२ जिल्लाका ग्राहकलाई बिहीबार ३० रुपैयाँ ब्यालेन्स थप र ५० एसएमएसको सुविधा प्रधान गरेको छ।यसअन्तर्गत भक्तपुर, धादिङ, धनुषा, दोलखा, रामेछाप, लमजुङ, नुवाकोट, रसुवा, सिन्धुली, सिन्धुपालचोकका सम्पूर्ण ग्राहकलाई यो सुविधा दिइएको एनसेलका कर्पोरेट संवादविज्ञ मिलन शर्माले बताए। अन्य जिल्लाका हकमा भने हालसम्म प्रदान गरिएको ब्यालेन्स र एसएमएसको अवधि वैशाख २९ गतेसम्म रहनेछ। एनसेलले अति प्रभावित क्षेत्रमा क्रमश: नेटवर्क सुधार गर्ने काम जारी राखेको छ।

प्रकाशित: २५ वैशाख २०७२ २१:४५ शुक्रबार