प्रविधि

सिटिसी मलमा मोबाइल बजार खुल्यो

काठमाडौं-सुन्धारास्थित सिटिसी मलमा नयाँ मोबाइल बजार खुलेको छ। आइतबार एक कार्यक्रमबीच ‘सिटिसी मोबाइल बजार'को उद्घाटन गरियो। नयाँ वर्षको अवसर पारेर सुरु गरिएको यस बजारले मोबाइल उपभोक्तलाई सेवादिने विश्वास व्यवसायीले गरेका छन्।

नयाँ वर्ष र मोबाइल बजार सुरु गरेको अवसर पारेर ‘सामसङ ग्यालेक्सी जे १ मोबाइल एक्स्पो' हुन लागेको आयोजकले पत्रकार सम्मेलमा जानकारी दिए। मोबाइल एक्स्पो चैत २७ गतेदेखि वैशाख ५ गतेसम्म चल्ने छ।
सिटिसी मललाई इलोक्ट्रोनिक्स हबको रुपमा विकास तथा विस्तार गर्ने योजना अनुरुप नै सिटिसी मोबाइल बजारले तेस्रो, चौथो र पाँचौ तल्लामा मोबाइल पसल तथा सर्भिस सेन्टर स्थापना गरी यस मललाई मोबाइल तथा इलेक्ट्रोनिक्स हबका रुपमा अघि बढाइएको सिटिसी मोबाइल बजारका महासचिव केशवराज लुइटेलले बताए।


‘सूचना प्रविधिको नयाँ आधार, सबैको लागि सिटिसी मोबाइल बजार' मुख्य नाराका साथ सुरु गर्न लागिएको यस मोबाइल एक्स्पोमा मुख्य प्रायोजक सामसङ मोबाइल रहेको छ भने पानासोनिक स्मार्टफोनले यस एक्स्पोमा सहकार्य गरेको छ। माइक्रोम्याक्स, कलर्स र जियोनीले यसलाई सह–प्रायोजन गरेका छन्।

प्रकाशित: २३ चैत्र २०७१ ००:३२ सोमबार