एक्स ५६ टर्बो जुम प्लस मोबाइलको बजार मूल्य ८ हजार ९ सय ९५ तोकिएको छ। यो एन्ड्रोइड ४.४ ओएस मोडलमा उपलब्ध छ। यसमा ४ जिबी रोम, ५१२ जिबी र्या म, ४.५ इन्चको एफडब्लुभिए स्त्रि्कन, ५ मेगा पिक्सलको रियर क्यामरा, ०.३ मेगा पिक्सलको फ्रन्ट क्यामरा, १.२ गेगाहर्जको कोर प्रोसेसर र दोहोरो सिम छन्।
तीव्र गतिको अनलाइन अनुभवदेखि सर्वोत्कृष्ट सरल प्रयोग प्रक्रियासम्म यी मोडलहरुले न्युनतम मुल्यमा असाधारण कार्यक्षमता राख्ने कम्पनीको दाबी छ। कम्पनीका अनुसार कलर्स जुम सिरिज मोबाइल टुजीबाट थ्रिजी प्रविधिमा परिवर्तन गर्न इच्छुक मोबाइल प्रयोगकर्ताहरुका लागि उपयुक्त एवं सहज समाधान हुन्।
नेपालमा टेलिटकले सन् २००९ देखि कलर्स मोबाइल उपलब्ध गराउन थालेको हो। ‘कलर्स नेपालको सर्वाधिक लोकप्रिय मोबाइल बन्न सफल भएको छ,' विज्ञप्तिमा भनिएको छ।
प्रकाशित: २० माघ २०७१ २३:४५ मंगलबार