प्रविधि

अल्काटेल मोबाइल बजारमा

काठमाडौं– नेक्स्ट जेनेरेसन इन्टरप्राइज सोलुसन्स (एनजिइ सोलुसन्स)ले नेपाली बजारमा फ्रान्सको ब्रान्ड अल्काटेल वानटच मोबाइल बजारमा ल्याएको छ। २ सय वटा भन्दा बढी देशमा कारोबार भइरहेको अल्काटेल वानटच नेपालमा एनजिइ सोलुसन्सले पहिलो चरणमा ५ वटा मोडलहहरु ल्याएको हो।नेपालमा भित्र्याइएका मोडलहरुमा बारफोनमा अल्काटेल १०४१ डी, स्मार्टफोनमा पप डि वान, पप डि थि्र, पप डि फाइभ र पप सि सेभेन रहेका छन्। यी मोडलहरुको मूल्य बारफोन सिरिजको अल्काटेल १०४१ डी को १ हजार ९ सय ९०, स्मार्टफोन अल्काटेल पप डि वानको ७ हजार ७ सय ७७, पप डि थि्र को ९ हजार १ सय ८०, पप डि फाइभको १२ हजार ६ सय ९ र पप सि सेभेनको १६ हजार ८ सय ४० रुपैयाँ रहेको कम्पनीले जानकारी दिएको छ। 
२ हजार देखि १७ हजार नेपाली रुपैयाँ बजार मूल्य तोकेका यी स्मार्टफोन किन्दा उपभोक्तालाई कम्पनीले फ्लिप कभर र ब्याक प्पानल फ्रि दिने भएको छ। कम्पनीले ल्याएको अल्काटेल पप सि सेभेनमा क्वाडकोर प्रोसेसर, १ जिबी र्याेम, ४जिबी इन्टरनल मेमोरी , ५ इन्च स्त्रि्कन, वाइफाई, ब्लुटुथ, थि्रजी चल्ने, २००० एमएएचको ब्याट्री, गेस्ट मुड, नकनक सिस्टमबाट स्त्रि्कन खुल्ने लगायतका सुविधा रहेको बताएको छ । 
उपत्यका लगायत नेपालका मुख्य सहरमा अल्काटेल वानटचको कारोबार सुरु भइसकेको एनजिइ सोलुसनका नेसनल सेल्स मेनेजर उमेश अधिकारीले जानकारी दिए। 
युरोपको प्रतिष्ठित ब्रान्ड अल्काटेल वानटच सुहाउँदो मूल्यसहित नेपाली बजारमा प्रवेश गरेकोले स्मार्टफोन प्रयोगकर्ताहरु यसबाट लाभान्वित हुने एनजिई सोलुसन्सका प्रबन्ध निर्देशक शरद भट्टराईको विश्वास रहेको छ। 
यो आर्थिक वर्षमा उपभोक्ताको मन जित्ने लक्ष्याका साथ अगाडि बढेको बताउँदै कम्पनीका प्रबन्ध निर्देशक भट्टटराइले बिक्री पछिको सुविधालाई ध्यान दिँदै कम्पनीले आफ्नो सर्भिस सेन्टर न्युरोडको ताम्राकार कम्प्लेक्स र सिभिल ट्रेड सेन्टरमा राखेको जानकारी दिए। 
एन्ड्रोइड जेलिबिन र किटक्याट भर्सनमा चल्ने यो स्मार्टफोनले युरोपेली देशमा आफ्नो प्रभुत्व जमाइसकेको छ भने विश्व स्मार्टफोन बजारमा अग्रणीस्थान ओगट्न सफल भइसकेको कम्पनीको दाबी छ। 
कम्पनीले केहि दिन भित्रै यी मोबाइल लन्च गर्ने योजना बनाएको छ। धनगढी, नेपालगन्ज, काठमाडौं, भक्तपुर, सुर्खेत, पोखरा, डुम्रे, नारायणघाट, हेटौंडा, वीरगन्ज, जनकपुर, विराटनगर, दमक, बिर्तामोड, धरानलगायतका मुख्य सहरहरुमा डिलर तथा सर्भिस हबहरु कम्पनीले खोलिसकेको छ। लामो समयको अध्ययनपछि बजारमा ल्याइएको यो स्मार्टफोनले नेपाली बजारमा छिट्टै पहिचान बनाउँदै स्मार्टफोन पारखीको मन जित्न सफल हुने कम्पनीले विश्वास लिएको छ।

प्रकाशित: ८ मंसिर २०७१ २१:५० सोमबार