कम्पनीले आर्थिक वर्ष २०७०/०७१ मा ११ अर्ब ६८ करोड रुपैयाँ नाफा गरेको थियो। यसपालि नाफा बढाउन कम्पनीले नयाँनयाँ रणनीतिक योजना बनाएको प्रबन्ध निर्देशक आचार्यले बताए।
‘डाटाको आम्दानी बढाउन नयाँ योजना ल्याउँदै छौं। जिएसएम थि्रजीको डाटा र वाइम्याक्सको हटस्पट बढाउने योजनालाई तीव्रता दिएका छौं,' उनले भने। इन्टरकनेक्सन र अन्तर्राष्ट्रिय कलबाट पनि आम्दानी बढाउन खोजिरहेको उनले बताए। यसका लागि विदेशी सेवा प्रदायकसँग छलफल भइरहेको छ।
कम्पनीले डाटाको आम्दानी एक प्रतिशतभन्दा माथि पुर्याफएको छ। विगतमा कम्पनीले डाटाबाट त्योभन्दा कम आम्दानी गर्थ्यो। यसले फ्रिक्वेन्सी शुल्क पनि कम तिरेको छ। फ्रिक्वेन्सी शुल्क करिब चार करोड कम तिरेको छ। यसले कम्पनीको नाफा बढाउन सहयोग गरेको आचार्यले बताए।
प्रकाशित: २९ कार्तिक २०७१ २२:४७ शनिबार