काठमाडौं– नेपाल टेलिकम र नेपालस्थित सामसङ मोबाइलको आधिकारिक बिक्रेता इन्टिग्रेटेड मोबिलिटी सोलुसन्सबिच नेपाल टेलिकमको सिमकार्डसँग सामसङ सेट बन्डलिङ सेवा दिने योजना नेपाल टेलिकम हरिहर भवन काउन्टरबाट पनि उपलब्ध हुने भएको छ।उक्त योजना केही समय अघि दुवै कम्पनीले संयुक्त रुपमा ल्याएका थिए। यसअघि उक्त सेवा आइएमएसका एक्सक्लुसिभ ब्रान्ड पसलहरुबाट मात्र दिइँदै आएको थियो। उक्त सेवाको आरम्भ मंगलबार एक समारोहबिच नेपाल टेलिकम, मोबाइल सेवा निर्देशनालयका निर्देशक विष्णुप्रसाद कसजु, आइएमएसका अध्यक्ष दिपक मलहोत्रा र सामसङ इलेक्ट्रोनिक्सका निर्देशक वाई बी वोङले संयुक्त रुपमा गरेका थिए।
प्रकाशित: ४ कार्तिक २०७१ २१:४४ मंगलबार