प्रविधि

आइटी नेपालका ५ सफ्टवेयर

क्यान सफ्टटेक २०१४ मा आइटी नेपालले मेलामा पाँच वटा विभिन्न सफ्टवेयर उत्पादनहरु प्रवर्द्धन गर्दैछ। नियो डट इआरपी, नियो डट एचआरआइएस, नियो डट फाइन प्लस, नियो डट आरटीएस प्लस र साप बिजिनेस वन नामका उत्पादनहरु कम्पनीले प्रवर्द्धन गर्न लागेको हो। व्यापारिक प्रयोजन, मानव संसाधन, बैंकिङ, सी प्लस वित्तीय संस्था, सेल्स सफ्टवेयरको रुपमा यी सफ्टवेयरहरु प्रयोग हुने कम्पनीले जनाएको छ।

कम्पनीले सार्वजनिक गर्न लागेको जर्मन कम्पनी साप एजीको साना तथा मझौला व्यवसायका लागि साप बिजिनेस वन सफ्टवेयर उपयुक्त हुने कम्पनीको दाबी छ। यो इन्टरप्राइज रिसोर्स प्लानिङमा विश्वभरमै चल्ने सफ्टवेयर रहेको कम्पनीका प्रमुख कार्यकारी अधिकृत रोहित रौनियारले बताए। यसले व्यवसायिक संस्थालाई वित्तीय व्यवस्थापन, वेयरहाउस र उत्पादन व्यवस्थापन, ग्राहकहरुसँगको सम्बन्ध व्यवस्थापन र खरीद व्यवस्थापनका लागि सहयोग गर्ने उनले बताए। यसको स्वचालित सञ्चालन प्रक्रियाले वित्तीय, मानवस्रोत र कार्यसञ्चालनमा प्रभावकारी रुपमा सहयोग गर्ने कम्पनीले जनाएको छ।
सन् १९९८ मा गोल्छा अर्गनाइजेसन अन्तर्गत स्थापना भएको आइटी नेपालले सन् २००२ देखि स्वतन्त्र संस्थाको रुपमा काम गर्न थालेको हो। मेलाको 'इन असोसियसन विथ' को रुपमा आइटी नेपाल रहेको छ।

प्रकाशित: २५ भाद्र २०७१ २२:५० बुधबार