प्रविधि

भिडियोकोनका मोबाइल आए

काठमाडौं – भिडियोकन मोबाइलको नेपालका लागि आधिकारिक वितरक वत्सल इम्पेक्सले भि–स्टाइल मिनी र ए–५२ स्मार्टफोन नेपाली बजारमा ल्याएको छ।

शारदा ग्रुपअन्तर्गतको इम्पेक्सले बजारमा ल्याएको यो फोनमा ५.१ सेन्टिमिटरको स्क्रिन, एक हजार एमएएच ब्याट्री, क्यामेरा, एफएम रेडियो, जिपिआरएस, १६ जिबीसम्मको मेमोरी लाग्ने सुविधा रहेको कम्पनीले जनाएको छ । ए–५२ स्मार्टफोनमा ५ मेगापिक्सेलको रियर क्यामेरा र १.३ मेगापिक्सेलको फ्रन्ट क्यामेरा छ।

थ्रिजी सुविधा समेत रहेको यो स्मार्टकार्डमा ५१२ एमबी र्‍याम र ३२ जिबीसम्मको मेमोरी कार्ड लाग्ने कम्पनीले जनाएको छ। कम्पनीका अुनसार यो स्मार्टफोनको खरिदमा ग्राहकले दुई हजार एक सय रुपैयाँ बराबरको ल्यापटप ब्याग र फ्लिप कभर निःशुल्क रुपमा प्राप्त गर्नेछन्।

प्रकाशित: ३२ असार २०७१ २१:३८ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App