प्रविधि

टेलिकमको सिडिएमएमा छुट

काठमाडौं– नेपाल टेलिकमले अन्तराष्ट्रिय दूरसञ्चार युनियन दिवसको उपलक्ष्यमा सिडिएमए प्रिपेड सेवामा छुट प्याकेज ल्याएको छ।कम्पनीले आफ्नो दसौं वार्षिकोत्सवको अवसरमा माघ २२ गते ल्याएको विभिन्न योजना र अफरलाई निरन्तरता दिदै दूरसञ्चार युनियन दिवसका अवसरमा पनि नयाँ योजना ल्याएको जनाएको छ। 
कम्पनीले वार्षिकोत्सवको अवसरमा ३ महिनाको लागि प्रदान गरेको विभिन्न सेवाहरुको महसुल छुटलाई परिमार्जन तथा निरन्तरता दिएको हो। कम्पनीले सिडिएमए प्रिपेड सेवामा राती १० बजेदेखि बिहान ६ बजेसम्म प्रति महिना २० रुपैयाँमा कम्पनीको नेटवर्कभित्र असिमित देशभर भ्वाइस कल गर्न सक्ने गरी रातीको कल प्याकेज थप एक महिनासम्म उपलब्ध गराएको छ। 
कम्पनीले वैशाख २४ गतेदेखि लागु हुने गरी जिएसएम तथा सिडिएमए पोस्टपेड मोबाइल सेवाको जडान शुल्क १५ सय १० रुपैयाँ कायम गरेको प्रवक्ता गुणकेशरी प्रधानले बताइन्।

प्रकाशित: २३ वैशाख २०७१ २२:११ मंगलबार