काठमान्डौं– सामसङ मोबाइलको आधिकारिक बिक्रेता इन्टरनेसनल मार्केटिङ सर्भिसेज प्रालीले सामसङ ग्यालेक्सी ग्रान्ड नियोको मूल्य घटाएको छ। नेपाली बजारका लागि कम्पनीले २९ हजार ५ सय पर्ने मोबाइलको मूल्य घटाएर २७ हजार २ सय रुपैयाँमा बिक्री सुरु गर्ने भएको हो।यो फोनमा १.२ जिएचजेड कोर प्रोसेसर, ४.२.२ जेलिबिन एन्ड्रोइड अपरेटिङ सिस्टम रहेको यस फोनमा ५.१ इन्चको स्त्रि्कन। कम्पनीका अनुसार फोनमा ८ जिबीको इन्टरनल स्टोरेज रहेको छ भने ५ मेगापिक्सलको क्यामेरा र वाइफाई यसका अन्य विशेषता हुन। फोनमा २१०० एमएएच ब्याट्री रहेको छ।
प्रकाशित: ८ वैशाख २०७१ २०:४० सोमबार