प्रविधि

वर्षका नयाँ ग्याजेट

काठमाडौं– ग्याजेटप्रेमीका लागि २०७० सालको अन्त्यतिर आएकोे 'सामसङ ग्यालेक्सी एस फाइभ' पछिल्लो उपहार हो। ७६ हजार रुपैयाँ पर्ने ग्यालेक्सी एस फाइभको चर्चासँगै २०७१ सालमा केही नयाँ ग्याजेट आउँदै छन् जुन पारखीहरुका लागि प्रतिक्षा र चासोको विषय हुन सक्छ।ग्यालेक्सी एस सिरिजको अपग्रेड भर्सन एस ५ मा हार्ट रेट सेन्सर छ। यसले हार्टबिटलाई मापन गर्छ। यसले प्रयोगकर्ताको रक्तचाप स्त्रि्कनमा देखाउँछ। यस्तै नयाँ सुविधा थप्दै यो वर्ष विश्व बजारमा नयाँनयाँ ग्याजेटले प्रतिस्पर्धा गर्दैछन्। 
पछिलो समय विश्वमा आफ्नो बजार तीब्र बढाइरहेको सामसङले नेपालमा पनि बजार बढाउँदै लगेको छ। यहि वर्ष उसले सामसङ ग्यालेक्सी नोट ४ ल्याउँदै छ। यो मोबाइल अगस्ट वा सेप्टेम्बरमा लन्च हुदैछ। सन् २०११ सामसङ ग्यालेक्सी नोटको सिरिज सुरु गरेको सामसङले हरेक वर्ष एक एक थप्दै आएको छ। 
यो वर्ष एप्पलले 'आइप्याड एयर २' ल्याउँदै छ। अहिलेसम्मकै हलुका, पातलो, छिटो चल्ने, उत्कृष्ट भनेर प्रचार गरिएको यो मोबाइल फिंगर प्रिन्ट स्क्यानरसहित गोल्ड करलरमा बजारमा आउनेछ। यो वर्षको मध्यतिर यो सार्वजनिक हुने योजना छ। 
यो वर्ष 'आइ फोन ६' आउँदै छ। यो 'आइफोन ५ एस' भन्दा राम्रो हुने एप्पल कम्पनीले जनाएको छ। पहिलाको भन्दा पातलो र सुधारिएको क्यामरा हुने विश्वास लिइएको छ। 
यो वर्ष स्मार्टफोन एचटिसी एम ८ आउँदै छ। २०१३ मा राम्रो क्यामरा भएको भनेर नाम कमाएको यो एन्ड्रोइट फोनमा थप एकसहित ३ वटा क्यामरा हुनेछन्। 
गुगल नेक्सस सिरिज स्मार्टफोनको चर्चित सिरिज हो। प्रत्येक वर्ष गुगलले नेक्सस सिरिजमा नयाँ स्मार्टफोन थप्दै आएको छ। यो वर्ष गुगलले नेक्सस स्मार्टफोनको अपग्रेड भर्सन नेक्सस ६ यहि वर्ष ल्याँदैछ । यस अघि एलजी नेक्सस ५ बजारमा आइसकेको छ। 
क्यानेडियन कम्पनी ब्ल्कबेरीले यसै वर्ष क्यु ३० सेट बजारमा ल्याउँदैछ। यसमा १० ओएस हुनेछ। यसमा २.३ गिगाहजै प्रोसेसर, ३ जिबी र्याुम र ४ इन्चको डिस्ले हुने छ। 
नोकियाले यो वर्ष लुमिया १८२० स्मार्ट फोन ल्याउँदैछ। यो यस मोबाइल ५.२ इन्च डिस्प्ले, ३ जिबी र्याेम, र ८०५ प्रोसेर हुनेछ। यसमा ३२ जिबी सम्मको अतिरिक्त स्टोर कार्ड राख्न सकिनेछ। यसमा ३ हजार ४ सय मेगाहर्ज व्यटि्र हुनेछ। यसमा उत्कृष्ट क्यामरा लाइटो–स्टाइल हुनेछ। यसमा क्यामराले फोटो खिचेपछि पनि फोकस बदल्ने सुविधा हुनेछ। यस मोबाइलमा विन्डोज ओएस ८.१ प्रयोग हुनेछ।
यो वर्ष विश्व बजारमा अचम्म खालको टेलिभिजन आउँदै छ। 'फोर के' नामको यो टेलिभिजनभने अत्यन्तै महंगो हुनेछ। अहिलेले नै सर्वसाधरणले प्रयोग गर्न नसके पनि भविष्यमा यसलाई सर्वसाधरणले प्रयोग गर्न सक्नेगरी बजारमा ल्याउने विश्वास गरिएको छ।

प्रकाशित: १ वैशाख २०७१ २०:५१ सोमबार