ट्विटरले आफ्नो महत्वकांक्षी प्रोजेक्ट म्युजिक हेर्ने गरी नयाँ प्रमुख नियुक्त गरेको छ। टोप्सन मिडियाका सिनियर भाइस प्रेसिडेन्ट बब मोजोडोलोस्कीलाई ट्विटर म्युजिक प्रमुखको जिम्मेवारी दिइएको हो। संगीत कम्पनी र कलाकारलाई ट्विटर म्युजिकतर्फ आकर्षित गर्नु बबको मुख्य जिम्मेवारी हुनेछ।गत अगस्ट १८ मा ट्विटरले आइफोन एप्लिकेसन ट्विटरम्युजिक ल्याएको थियो। वेबसाइटका लागि भने ट्विटर डट कमभित्रै म्युजिक सबडोमेन बनाएर नयाँ प्रोजेक्टको काम गरिरहेको छ। बबले यो कामलाई पूर्णता दिनेछन्।
प्रकाशित: ७ आश्विन २०७० ०३:१२ सोमबार