प्रविधि

'प्रिन्टेड इन्टेलिजेन्स' को करामत

फिनल्यान्डको हेल्सिन्कीबाट ६ सय किलोमिटर उत्तरमा पर्छओउलु। उत्तरी स्क्यान्डिनेभियाको राजधानी समेत रहेको यो सहर विश्वका अत्याधुनिक प्रविधि प्रयोग गर्ने प्रमुखमध्येमा पर्छ। हेल्सिन्कीबाट हवाईजहाजमा एक घन्टामा पुगिन्छ भने मोटरबाट ६७ घन्टा लाग्छ।  





नयाँ प्रविधिमा अग्रणी यो सहरको द्रूत गतिमा विकास भइरहेको छ। यहाँका सिआइईप्रिन्टोसेन्टसिएचटीसिइईएमएआई लगायत कम्पनीले इन्टरनेट अनुसन्धान तथा थ्रीडीप्रिन्टेड इन्टेलिजेन्सस्वास्थ्य तथा जीवनशैली प्रविधिऊर्जा तथा वातावरण र अन्तर्राष्ट्रिय व्यवसायका क्षेत्रमा काम गरिरहेका छन्। फिनल्यान्डको विश्वप्रसिद्ध नोकिया कम्पनीको अवस्था अहिले केही खस्किए पनि समग्र प्रविधिको क्षेत्रमा यो सहरले फिनल्यान्डको साख जोगाएको छ। बिजनेस ओउलुकी प्रोजेक्ट म्यानेजर रीइना यकिओका अनुसार यहाँ सूचनाप्रविधिको क्षेत्रमा काम गर्ने अन्तर्राष्ट्रिय स्तरका कम्पनी २० वटाभन्दा बढी छन्।  

'प्रिन्टेड इन्टेलिजेन्सशब्द सुन्दै पनि हामीलाई एकदम नयाँ लाग्नसक्छ। 'प्रिन्टेडभन्नेबित्तिकै सामान्यतः हाम्रो मस्तिष्कमा  छपाइ भन्ने आउँछ। तरयहाँ उल्लेख गर्न लागिएको 'प्रिन्टेड इन्टेलिजेन्सअत्याधुनिक प्रविधिबाट तयार पारिएको 'स्ट्रीपहो।  ओउलुमा रहेको प्रिन्टोसेन्टले नयाँ प्रविधि अपनाएर तयार पारेको 'प्रिन्टेड इन्टेलिजेन्सविश्वभर चर्चित छ। युरोपका केही मुलुकमा यो प्रविधिबाट तयार भएका सामग्री प्रयोगमा आइसकेका छन्। अन्य मुलुकमा पनि यी सामग्री पुर्‍याउन बजार अध्ययन गरिरहेको कम्पनीले बताएको छ। 

हाम्रो सन्दर्भमा अनौठो लाग्नसक्ने 'प्रिन्टेड इन्टेलिजेन्सलचकदारपारदर्शी र 'थ्री डाइमेन्सनलहुन्छ। यसलाई पारदर्शी वस्तुमा प्रिन्ट गरिन्छ र यो फ्वाँखजस्तो एकदमै हलुका हुन्छ। यसको आकार पनि कम्प्युटरको मेमोरी कार्ड वा त्योभन्दा अलिकता ठूलो या सानो हुनसक्छ। यसमा बहुआयामिकछिनछिनमा परिवर्तन भइरहने र सजिलै सूचना दिनसक्ने प्रविधि विकास गरिएको हुन्छ। जुन वस्तु परीक्षण गर्न 'प्रिन्टेड इन्टेलिजेन्सको प्रयोग गरिन्छतत्कालै यसले संकेत दिइहाल्छ। यसरीे 'स्ट्रीप्सको सहायताले सजिलैसँग विभिन्न विषयबारे जानकारी थाहा पाउन सकिन्छ।          

 यो प्रविधिको माध्यमबाट अप्टीकल प्रविधिको विकास तथा उपयोगबजारमुखी उत्पादनमा नयाँ सोच रुपान्तरण र अप्टीकल मापनसहितको गुणस्तर सुनिश्चितताका लागि सघाउन सकिने प्रिन्टोसेन्टले जनाएको छ। यो प्रविधि अस्पतालउद्योगकार्यालय लगायत विभिन्न स्थानमा उपयोग गर्न सकिने उसको भनाइ छ।     

 प्रिन्टोसेन्टले विभिन्न खाले उत्पादन बजारमा ल्याएको छ। भर्खरै मात्र बजारमा ल्याइएको उत्पादनबारे जानकारी दिँदै प्रिन्टोसेन्टका निर्देशक इइक्का काइस्तो भन्छन्, 'हामीले यस्तो 'टेस्ट स्ट्रीपबनाएका छौंजसले कुनै ठाउँ वा सामग्री राम्ररी सफा गरिएको छ कि छैन भन्नेबारे जानकारी दिन्छ। विशेषतः खाद्य सामग्री उत्पादन गर्ने उद्योगको सरसफाइ परीक्षण गर्न यो उपयोगी हुन्छ।कुनै वस्तुलाई हेरेको भरमा मात्र त्यसको सरसफाइको अवस्थाबारे यकिन गर्न नसकिने भएकाले यस्तो 'स्ट्रीपउपयोगी हुने काइस्तोको भनाइ छ। सामान्य भाषामा यसलाई 'क्लिन कार्डभन्ने गरिन्छ।  

कुनै पनि सामग्री प्रयोग गर्नुको सट्टा फ्याँक्दा उचित हुन्छ भन्ने जानकारी पाएमा त्यो आफू तथा घरका लागि पनि फाइदाजनक हुन्छ। त्यो सामग्री प्रयोग गर्न उचित छ वा छैन भन्ने थाहा पाउन पनि परीक्षण नै गर्नुपर्छ। त्यसका लागि 'प्रिन्टेड इन्टेलिजेन्सप्रविधिको 'स्ट्रीप्सनै आवश्यक पर्ने विज्ञहरूको भनाइ छ। प्रिन्टोसेन्टले उत्पादन गरेको 'स्मार्ट स्ट्रीप्सको सहायताले धेरै पदार्थहरूको परीक्षण गर्न सकिन्छ।  परीक्षण गर्नुपर्ने वस्तुलाई परीक्षण गर्ने उपकरणमा राखिन्छ। उपकरणले जस्तो नतिजा देखाउँछत्यो सम्बन्धित व्यक्तिसमूह वा संस्थालाई देखाइन्छ। 'स्ट्रीप्सको मद्दतले खानेकुरासरसफाइप्रदूषणव्यक्तिको स्वभाव (जस्तोः डरखुसीरिस आदि) लगायत परीक्षण गर्न सकिनेछ। 'प्रिन्टेड इन्टेलिजेन्सप्रविधि अपनाएर बनाइएको सोलार इनर्जी मोड्युल उपभोक्तासामु ल्याउने प्रिन्टोसेन्टले बताएको छ। घरभित्र पनि उज्यालो छिर्नसक्ने गरी घरको छानो डिजाइन गरी उक्त मोड्युल जडान गर्न लागिएको हो। यसले अवशोषण गरेको सौर्य ऊर्जा सिधै घरभित्र पुग्ने भएकाले उज्यालोको चमक बेग्लै हुन्छ। सामान्य सोलार सेलभन्दा यो बढी प्रभावकारी हुने 'प्रिन्टोसेन्टको दाबी छ। 

प्रिन्टबाट तयार गर्नसकिने यस्ताखाले 'स्मार्टउत्पादनलाई विश्व बजारमा ल्याउने कम्पनीको योजना छ। काइस्तो भन्छन्, 'यस्ता उत्पादनको बजारमा ठूलो माग हुनसक्छत्यसैले ठूलो परिमाणमा उत्पादन गरेर विश्व बजारमा प्रतिस्पर्धा गर्न सकिन्छ।एक्टिभ पेपरकम लागतका प्रिन्टेड इन्डिकेटरप्रिन्टेड मेमोरीआरटुआर प्रिन्टेड आल्मुनियम इन्क लगायत उत्पादन बजारमा आइसकेका छन्। मुटुको धड्कन नाप्न प्रयोग गरिने इन्डिकेटर हेर्दा सामान्य देखिन्छएक पटक प्रयोग गरेसकेपछि पुनः यसको प्रयोग गर्न सकिन्नँ। कुनै सिकिस्त बिरामीको मुटुको धड्कन थाहा पाउन यसको प्रयोग गर्न सकिन्छ। यो इन्डिकेटरलाई घाँटीको तल्लो भागमा राख्दा रातो बल्यो भने बिरामीको मृत्यु भएको भन्ने थाहा पाउनुपर्छ। स्वस्थ मानिसमा इन्डिकेटर राख्दा हरियो संकेत देखिन्छ।   

प्रिन्टोसेन्टमा ओउलुद टेक्निकल रिसर्च सेन्टर अफ फिनल्यान्ड (भिआइटी)द युनिभर्सिटी अफ ओउलु र ओउलु युनिभर्सिटी अफ एप्लाइड साइन्सेसका विज्ञ तथा अनुसन्धाता आबद्ध छन्। उक्त कम्पनीमा २ सयभन्दा बढी कर्मचारी कार्यरत छन् । पाँचवटा अत्याधुनिक प्रिन्टेड उपकरणले निरन्तर 'प्रिन्टेड इन्टेलिजेन्सउत्पादन गरिरहेका हुन्छन्। सुरुको चरणमा प्रिन्टोसेन्टका लागि करिब १० मिलियन युरो बजेट छुट्याइएको काइस्तोको भनाइ छ। कुनै पनि व्यक्तिको आइडिया उपयुक्त छ भने त्यसलाई व्यवसायिक रूपमा 'प्रिन्टेड इन्टेलिजेन्सउत्पादनमा प्रयोग गर्न सकिने काइस्तोको भनाइ छ। 

आविष्कारसाहसिक र सिर्जनशील कामको  साझा विशेषता के हो भने तिनीहरुबारे एकैचोटी परिकल्पना जन्मेको हुँदैन। लाखौं मानिसले नयाँ प्रविधियुक्त सामग्रीको बारेमा सोच्नु मात्र ठूलो कुरा होइन। तरयदि कुनै मानिसले यसअघि बाहिर नआएको नयाँ सोच लिएर आउँछ र त्यसलाई सफल पारेर छाड्छ भने त्यो आविष्कार हो। पछि त्यसलाई धेरै मानिसले उपयोग गर्छन्। प्रिन्टोसेन्ट यस्तै नयाँ सोच लिएर अघि बढिरहेको छ। यसका उत्पादनले धेरै क्षेत्रमा काम गर्न सजिलो भएको छ। 

प्रिन्टोसेन्टले नयाँ प्रविधिमैत्री उत्पादनबारे देश तथा विदेशमा  डिजाइन कार्यशाला गर्दै आएको छ। उद्यमीहरूसँग पनि प्रडक्ट विकासका लागि पर्याप्त बजेट नहुनुका साथै उनीहरूलाई चाहिएको बेलामा सही कुरा बताइदिने मानिसको खाँचो हुन्छ। त्यस्तो अवस्थामा प्रडक्टलाई कसरी प्रविधिसँग जोड्ने भन्ने अवधारणा समेत प्रिन्टोसेन्टले अघि सार्दै आएको छ। 

स्थापनाको पाँच वर्षमै १५ अन्तर्राष्ट्रिय व्यवसायिक कम्पनीसँग सहकार्य गर्न सफल भएको काइस्तोले जनाएका छन् । यो कम्पनीले फ्रान्सजर्मनीनेदरल्यान्ड्सयुकेस्वीट्जरल्यान्डस्पेनग्रीसस्वीडेनपोर्चुगलअस्ट्रिया र बेल्जियममा आफ्ना उत्पादन पुर्‍याइसकेको छ।       


प्रकाशित: २२ असार २०७० ०७:२० शनिबार