सन् २००९ पछि आएका सबै एन्ड्रोइड अपरेटिङ सिस्टम भएको फोनमा यस किसिमको कममोरी रहेको ब्लुबक्सले जनाएको छ ।तर एन्ड्रोइड बनाउने कम्पनी गुगलले भने ब्लुबक्सको खोजीबारे कुनै प्रतिक्रिया दिएको छैन।
यस प्रकारको समस्या अगाडि आउनुको मुख्य कारण एन्ड्रोइड फोनमा प्रोग्राम इन्स्टल गर्नु भन्दा पहिला गरिने क्रिप्टोग्राफिक प्रमाणिकरण हो। एन्ड्रोइडमा कुनै एप्लिकेसन या प्रोग्रामको वैधानिकता वा सुरक्षा जाँच्नका लागि क्रिप्टोग्राफिक हस्ताक्षरको प्रयोग गर्छ।
ब्लुवक्सले गुगललाई यस प्रकारको कमजोरीबारे फेब्रुअरीमा नै बताएको थियो। यस समस्याको बारेमा यही वर्ष हुने 'ब्लयाक हेट ह्याकर' सम्मेलनमा अरु जानकारी दिने योजना बनाएइएको छ । एन्ड्रोइड फोनमा यस प्रकारको कमी अहिले केवल सैद्धान्तिक मात्र रहेको छ किनभने अहिले नै यसको दुरुपयोगको घटना आइसकेको छैन।
प्रकाशित: २२ असार २०७० ०१:१६ शनिबार