प्रविधि

सन्तुलित राख्छ मोजाले, स्मार्टफोन अनलक गर्छ औंठीले

लण्डन – अमेरिकन कम्पनी ह्याप्सीलोन ले भनेको छ, 'यस्तो संवेदनशील मोजा बन्दै छ जसले लगाउनेको हिँड्ने वा दौडने समयमा सन्तुलन बनाइराख्न मद्दत गर्छ। यस्तै एक चिनियाँ कम्पनी शांदा ले एउटा यस्तो औंठी बनाएको छ जसको सहाराले स्मार्टफोन अनलक गर्न समेत सकिन्छ। यसको सहयोगमा फोनको डाटा सजीलैसँग दोस्रोमा पठाउन सकिन्छ।

क्रेडिट स्विस बैंकका अनुसार अघिल्ला पाँच बर्षमा लगाउने वस्तुको बजार ५० अरब डलरसम्म पुग्नेछ। सो आँकडा अहिलेको बजारको तुलनामा १० गुणा बढी हो। विश्लेषकहरुले चेतावनी दिएका छन्- प्रयोगको यो रेसमा धेरै सामान त्यति लोकप्रिय रहने छैनन्। ह्याप्सीलोनका तीन संस्थापक पहिले माइक्रोसफ्टको स्वास्थ्यसम्बन्धी सफ्टवेयर शाखामा काम गर्थे।

कम्पनीले मोजाको कपडामा नै सेन्सर लगाइएको बताएको छ। सेन्सरमा आएको आँकडा अनुसार यसले मोजा लगाउने तयारिका, कसरी चल्छ वा दौडन्छ भन्ने बताउनेछ। यो मोजा लगाएपछि व्लुटुथको माध्यमबाट स्मार्टफोन वा कम्प्युटरमा यसको जानकारी पाउन सकिन्छ।

मोजा बनाउनेहरुले यसलाई धुन सक्ने बताएका छन्। यसबाट धावक दौडने समयमा उसका सबै जानकारी उपलब्ध हुने छन्। मोजा लगाउने धावकले कुनै प्रकारको चोटको खतराबाट बच्नको लागि कसरी दौडने भन्ने पनि जानकारी पाउनेछ। 'यसको प्रयोग मधुमेह रोगीमा आउने घाउलाई हेरचाह गर्न हुन सक्छ', कम्पनीले भनेको छ। अहिले मोजाको प्रारम्भिक रुप मात्र उपलब्ध छ।

कमालको औंठी

चिनियाँ कम्पनी शांदाले औंठीमा एसेसरिज पहिचान गर्न सक्ने एनएफसी (नियर फील्ड कम्युनिकेशन) चिफ्स राख्न लागेको छ। कम्पनीले भनेको छ यो औंठीले प्रयोग एन्ड्रोइड स्मार्टफोन अनलक गर्न समेत सक्नेछ। यसको प्रयोग पासवर्डको रुपमा पनि गर्न सकीने छ। कम्पनीले यो बर्षको अन्त्य सम्ममा औंठी अन्य मोबाइल अपरेटिङ सिस्टमका लागि पनि ल्याउने जनाएको छ।


औंठी लगाउने व्यक्तिले यसलाई साथीको हेण्ड सेटमा राखेर आफ्नो फोटो र अन्य जानकारी डाउनलोड गर्न सक्नेछ। यो औंठी ९९ वर्ष सम्म चल्ने कम्बनीको दाबी छ। यसलाई चार्ज गर्न पनि पर्ने छैन।

मौसमको भविष्यवाणि गर्ने घडि

शांदाले एन्ड्रोइडमा आधारित एक घडि पनि बनाएको छ। यसमा राखिएको एप्लिकेसनको सहयोगमा मौसमको भविष्यवाणी गर्न सकिने छ। कम्पनीले चिनियाँ ग्राहकको लागि यो घडिको बुकिङ जुलाइदेखि सुरु गर्ने बताएको छ।

प्रकाशित: ८ असार २०७० ००:४२ शनिबार