काठमाडौं— सुबिसु केबुलनेट प्रालिले यो वर्ष एलएलसी उत्तीर्ण विद्यार्थी लक्ष्य गरी नयाँ प्याकेज ल्याएको छ। कम्पनीले '२०६९ एसएलसी ग्र्याजुएट इन्टरनेट प्याकेज' नाम दिएर ल्याएको अफरमा विद्यार्थीले ७ सय ५० रुपैयाँमा ५१२/५१२ केबिपिएस गतिमा हरेक महिना ५० घन्टा इन्टरनेट चलाउन पाउँछन्।
यो प्याकेजमा केबुल टिभी च्यानल, बिटडिफेन्डर एन्टिभाइरस इन्टरनेट सेक्युरिटी र एउटा पेनड्राइभ पनि पाइने कम्पनीले जनाएको छ। त्यस्तै अन्य अनलिमिटेड इन्टरनेट प्याकेज खरिदमा पनि इन्टरनेट स्कलरसिप प्राप्त गर्ने कम्पनीले उल्लेख गरेको छ।सुबिसुका बजार व्यवस्थापन उपप्रमुख रजत कायष्थले २०६९ को एसएलसी सफलता हासिल गरेका विद्यार्थीसँग खुशी साट्न अफर ल्याएको बताए। आगामी वर्ष पनि यस्ता योजना ल्याउने उनले बताए। योजना काठमाडौंमा मात्र लागु हुनेछ।
प्रकाशित: ५ असार २०७० ०१:१६ बुधबार