प्रविधि

इ–सेवा उत्कृष्ट आइसिटी प्रयोगकर्ता

काठमाडौं–नेपालमा डिजिटल पेमेन्ट सेवा प्रदान गर्दै आएको 'इ–सेवा' लाई कम्युटर एसोसिएसन अफ नेपाल (क्यान) ले निजी क्षेत्रको उत्कृष्ट आइसिटी प्रयोगकर्ताका रुपमा सम्मान गरेको छ। सूचना तथा सञ्चार दिवसका अवसरमा क्यानले इ–सेवालाई उत्कृष्ट आइसिटी प्रयोगकर्ता घोषणा गरेको हो।


मुख्यसचिव लीलामणि पौडेलले इ–सेवाका तर्फबाट फोनपेका प्रमुख कार्यकारी अधिकृत असगर अलीलाई एक कार्यक्रमकाबीच सम्मान गरेका थिए। 'इ–सेवा'ले प्रविधिको प्रयोगमार्फत नेपालको वित्तीय प्रणालीमा सर्वसाधरणको पुहँच बढाएको छ।

कम्पनीले मोबाइल र इन्टरनेट उपयोग गरी इ–सेवाका माध्यमबाट सर्वसाधारणले रकम आदान–प्रदान गर्न, बिजुली, पानी, टेलिफोनको महसुल भक्तानी गर्न, मोबाइल रिचार्ज गर्न, इन्टरनेटको महसुल भक्तानी गर्न, हवाई टिकट खरिद गर्न, क्रेडिट कार्डमा रकम जम्मा गर्न, कलेज, स्कुलको शुल्क बुझाउन र बजारमा सपिङ गर्नसक्ने सुविधा दिएको छ। हालै मात्र कम्पनीले इ–सेवामा सर्वसाधरणको पहुँचलाई व्यापक बनाउन र आफ्नो सञ्जाललाई विस्तार गर्न इ–सेवा जोनको सुरुवात गरेको छ।

प्रकाशित: २२ वैशाख २०७० २२:२८ आइतबार