प्रविधि

एपीको अकाउन्ट ह्याक गरी भनियो- ह्वाइट हाउसमा विस्फोट, ओबामा घाइते

काठमाडौँ, वैशाख १० (नागरिक) - अमेरिकी समाचार एजेन्सी एपीको भेरिफाइड ट्विटर अकाउन्ट @ap ले ब्रेकिङ न्युज भन्दै ह्वाइट हाउसमा दुई विस्फोट भएको र राष्ट्रपति ओबामा घाइते भएको ट्विट गरेपछि सनसनी मच्चियो। तर केही समयमै एपीका प्रवक्ताले आफूहरुको ट्विटर अकाउन्ट ह्याक भएको जानकारी दिए। एपीका प्रवक्ताले विस्फोटसम्बन्धी ट्विट गलत रहेको बताए। एपीमा कार्यरत अन्यले पनि एपीको मुख्य अकाउन्ट ह्याक भएको र विस्फोटको जानकारी गलत रहेको बताउँदै ट्विट गरे।

ह्याक गरिएको अकाउन्टलाई अहिले सस्पेन्ड गरिएको छ।

 

प्रकाशित: १० वैशाख २०७० ११:३४ मंगलबार