ताजिकिस्तान, माघ ४ (एपी) - मध्य एसियाली देश ताजिकिस्तानले सोसल मिडिया वेबसाइट फेसबुकमाथि फेरि प्रतिबन्ध लगाएको छ। विगत १२ महिनामा तेस्रो पटक फेसबुकमाथि प्रतिबन्ध लगाइएको हो। बिहीबारदेखि अमेरिकी लगानीमा चलेको रेडियो फ्री युरोप/रेडियो लिबर्टीको ताजिक भाषाको सेवामाथि पनि प्रतिबन्ध लगाइएको छ।
ताजिकिस्तानमा इन्टरनेट चलाउनेहरुको संख्या कम भए पनि पूर्व सोभियत गणराज्यका शासकले नोभेम्बर महिनामा हुने राष्ट्रपतीय निर्वाचनअघि सोसल मिडियामाथि थप कडाइ गर्ने अनुमान गरिएको छ।
त्यहाँ दुई दशकदेखि एमोमाली राख्मोनले शासन गरिरहेका छन्।
प्रकाशित: ४ माघ २०६९ ०२:४९ बिहीबार