प्रविधि

२०१२ का पाँच झुर उत्पादन

जिपबड जुसिड : यो इयरफोन आकर्षक मानिए पनि २०१२ मा फ्लप हुने उत्पादनमा पर्‍यो। तुलनात्मक रूपमा यो सस्तो इयरफोन थियो। डिजाइनका हिसाबले यो आकर्षक हो तर चल्न सकेन। यसमा प्रयोग भएको तारयुक्त फस्नर तुलनात्मक रूपमा गह्रौँ थियो र आवाज निस्कने खालको थियो। डिजाइनबाहेक कुनै आधारमा पनि मानिसहरूले यसलाई रुचाएनन्।

डार्वो मिनी
सबैकुरा डिजिटलमा गइसकेपछि अर्काइभका लागि पनि डिजिटल डिभाइसको माग बढ्छ। माग बढिरहेको अवस्थामा आएको डर्वो मिनी भने सफल रहेन। यो कम्प्याक्ट उत्पादन हो। डिजाइनका आधारमा पनि यो नराम्रो थिएन। यसको अवगुण भनेको मूल्य थियो। धेरै महँगो, काममा सुस्त हुनु, छिटै तात्नु र आवाज निकाल्नु यसका अवगुण थिए। शुरुवात हुन नै समय लाग्ने भएकाले पनि मानिसहरूको रुचिमा यो परेन।

इल्ग्याटो आई टिभी मोबाइल
यो आइप्याड, आइफोन, आइप्याड टचका लागि तयार पारिएको थियो। लाइभ टिभी स्ट्रिमिङका लागि हार्डवेयरबाहेक एप्सको मूल्य राखिएको थिएन। टेलिभिजन हेर्न तथा पज तथा रिवाइन्ड गरेर लाइभ स्ट्रिमलाई हेर्न सकिने सुविधाजस्ता आकर्षक भए पनि आइप्याडअनुरूपको गुणस्तरीय टेलिभिजन हेर्न नसक्ने भएकाले यो टिक्न सकेन। आइप्याडमा हेर्न मिल्ने टेलिभिजनहरूको संख्या धेरै नहुनु पनि यसका लागि दुर्भाग्य रह्यो।

ड्युओ गेम्स ड्युओ पिनबल
यो एचडी कलेक्सन एप्समा आधारित भएर खेल्न मिल्ने डिभाइस हो। एचडी गुणस्तरमा पिनबल खेल्न चाहनेबीच लोकप्रिय हुनुपर्नेमा यसले सोचेअनुसार सफलता पाएन। कारण थियो- अरू कुनै खेलका लागि यो डिभाइसले काम गर्दैनथ्यो। तुलनात्मक रूपमा महँगो भएकाले पनि यसले सोचेअनुसार सफलता पाउन सकेन।

ड्युओ गेमर
वायरलेस प्रविधिमा आधारित ड्युअल स्टिकसहितको यो गेम कन्ट्रोलर आइप्याडदेखि ठूला स्त्रि्कनका टेलिभिजनमा समेत जोडेर प्रयोग गर्न सकिने थियो। यो पनि थोरै खेलका लागि मात्र प्रयोग हुने गरी तयार भएको थियो। फलस्वरूप यो बजारमा टिक्न सकेन।

प्रकाशित: १९ पुस २०६९ ०३:२० बिहीबार