प्रविधि

नेपालमा ‘विन्डोज-८'सार्वजनिक

काठमाडौं, मंसिर ८ (नागरिक) - नेपालमा माइक्रोसफ्टको सबैभन्दा नयाँ अपरेटिङ सिस्टम ‘विन्डोज-८' सार्वजनिक गरिएको छ। सूचना प्रविधि विभागका महानिर्देशक कपिलदेव श्रेष्ठले बिहीबार विन्डोज-८ लाई नेपालमा सार्वजनिक गरेका हुन्।  

नयाँ अपरेटिङ सिस्टम विन्डोज-८ मा कम्प्युटरका प्रयोगकर्तालाई यसअघिका अपरेटिङ सिस्टमले भन्दा सञ्चालनमा निकै सहज अनुभव गराउने दाबी गरिएको छ।

माइक्रोसफ्ट बंगलादेशका प्रमुख सञ्चालन अधिकृत पुबुदु बसनायकेले विन्डोज-८ का विविध पक्षबारे चर्चा गरेका थिए। यसअघिका भन्दा छिटो स्टार्टअप सिस्टम, स्क्रिनलक, नोटिफिकेसन लगायत सुविधा यसमा समावेश छन्।

प्रकाशित: ७ मंसिर २०६९ २१:४७ बिहीबार