एक गिगाहर्जको प्रोसेसर भएको यो ट्याब्लेटमा ५१२ एमबीको र्याम र सात इञ्चको टच स्क्रिन छ। तीन घण्टा वाइफाइ चलाउन मिल्ने ब्याट्री भएको यो ट्याब्लेटमा ८००X४८० पिक्सेलको स्क्रिन रेजोल्युसन छ। यसमा एन्ड्रोइड ४.० अर्थात् आइसक्रिम स्यान्डविच अपरेटिङ सिस्टम छ। चार जीबीको इन्टरनल फ्लास मेमोरी भएको यो ट्याब्लेटमा माइक्रो एसडी कार्ड राखेर ३२ जीबीसम्म बढाउन मिल्छ।
प्रकाशित: २६ कार्तिक २०६९ ०८:५५ आइतबार