प्रविधि

भारतमा आइपुग्यो आइफोन ५

नयाँ दिल्ली, कात्तिक १९ (एजेन्सी) - एप्पलको पछिल्लो उत्पादन आइफोन ५ भारतीय बजारमा पनि उपलब्ध हुन थालेको छ। नोभेम्बर २ तारिखदेखि भारतमा एयरटेल र एयरसेलले एप्पल ५ बेच्न थालेको हो।
 

भारतमा १६ जीबी क्षमताको आइफोनको भारु साढे ४५ हजार, ३२ जीबी क्षमताको साढे ५२ हजार र ६४ जीबी क्षमताको साढे ५९ हजार भारु मूल्य तोकिएको छ।

दिल्ली, मुम्बई र बंगलौरमा आइफोन ५ लञ्चिङका लागि प्रमोसनल इभेन्टहरुको पनि आयोजना गरिएको छ।

दिल्लीमा आइफोन किन्न पाँच सय जना लाइन लागेको दृश्य देखिएको थियो।

प्रकाशित: १९ कार्तिक २०६९ ०५:३० आइतबार