प्रविधि

नेपाल प्रहरी पनि फेसबुकमा

काठमाडौँ, असोज ३० (नागरिक) - नेपाल प्रहरीले सामाजिक सञ्जालको लोकप्रिय माध्यम फेसबुकमा आफ्नो आधिकारिक पेज सुरु गरेको छ।  

५७औं प्रहरी दिवस २०६९ को अवसरमा नेपाल प्रहरीले फेसबुकमा https://www.facebook.com/NepalPolicePHQ संचालनमा ल्याएको हो।

प्रहरीले आज एक विज्ञप्ति जारी गर्दै नेपाल प्रहरीका गतिविधिहरु, आपराधिक घटनाका खबर, फोटो, भिडियो, प्रहरीसँग सम्बन्धित अन्य सूचनाहरुको जानकारी फेसबुकमार्फत सर्वसाधारणमा पुर्‍याउने उद्देश्यले पेज संचालन गरिएको बताएको छ।

यही पेजमार्फत सर्वसाधारण फेसबुक प्रयोगकर्ताहरुले समेत कुनै पनि सूचनाहरु प्रहरीलाई दिन सक्ने प्रहरीले बताएको छ।पेजमार्फत प्राप्त सूचनाहरु नियमित रुपमा अनुगमन गरी आवश्यक कारबाही तथा कार्यान्वयनका लागि सम्बन्धित प्रहरी इकाईमा जानकारी दिने व्यवस्था समेत गरिएको वरिष्ठ उपरीक्षक प्रकाश अर्यालले जानकारी दिए।

प्रकाशित: ३० आश्विन २०६९ ०४:५५ मंगलबार