प्रविधि

फेसबुक प्रयोगकर्ता १ अर्ब

क्यालिफोर्रनिया, असोज २३ (एजेन्सी)-  हुडी र स्पोर्टस जुत्ता लाएकोमा सर्वसाधारण सेयरहोल्डरबाट आलोचित भइरहेका बेला फेसबुक संस्थापक मार्क जुकेरबर्गले फेसबुकका प्रयोगकर्ता १ अर्ब नाघेको घोषणा गरेका छन्। 'एक अरब प्रयोगकर्ताले २१९ अर्ब तस्विर वेबसाइटमा अपलोड गरेका छन्', जुकरबर्गले भनेका छन्- 'ती फोटाहरुलाई १.१३ ट्रिलियन लाइक गरेका छन्।'

फेसबुकको यो उपलब्धि बारे स्ट्याटस अपडेट गर्दै जुकेरबर्गले लेखे- 'यदि तपाइँ यो स्ट्याटस पढिरहनु भएको छ भने तपाइँलाइ बधाइ! तपाइँले म र मेरो टिमलाइ सेवा गर्ने मौका दिनुभयो। एक अर्ब मान्छेलाई आपसमा जोड्ने मौका दिनु अदभूत अनुभव हो। मलाई यो कुराप्रति गर्व छ।'

कम्पनीका अनुसार ६० करोड प्रयोगकर्ता मोबाइलबाट फेसबुक चलाउँछन्।

फेसबुक भारत, ब्राजिल, इन्डोनेसिया, मेक्सिको र अमेरिकामा फेसबुक प्रयोगकर्ता तीव्र गतिमा बढिरहेको कम्पनीले जनाएको छ। फेसबुक चलाउने प्रयोगकर्ताको सरदर उमेर २२ वर्ष भएको कम्पनीले उल्लेख गरेको छ।

विश्वमा फेसबुक लोकप्रिय भए पनि राजनीतिक र अन्य कारणले केही देशले यसलाई अझै ब्लक गरेका छन्। चीन, उज्वेकिस्तान, पाकिस्तान र बंगलादेशमा फेसबुक प्रतिबन्धित छ।

प्रकाशित: २४ आश्विन २०६९ ००:०४ बुधबार