नेपालमा कुन वस्तु कति आयात भयो र कति निर्यात भयो भनेर जानकारी लिनका लागि www.tepc.gov.np हेर्न सकिनेछ। सो सेवाको शुभारम्भ गर्दै वाणिज्य तथा आपूर्ति मन्त्रालयका सचिव लालमणि जोशीले अब नेपालबाट हुने निर्यात तथा आयातबारे सहज रुपमा तथ्याङ्क प्राप्त गर्न सकिने छ भन्दै यो सेवालाई निरन्तरता दिनुपर्नेमा जोड दिए।
केन्द्रका निर्देशक सुयश खनालले उक्त सेवाबाट देशगत, वस्तुगत, वार्षिक, मासिक, नाकागतलगायत कुनै पनि प्रकारका आयात तथा निर्यातको तथ्याङ्क लिन सकिने बताए। रासस
प्रकाशित: ९ आश्विन २०६९ ०७:३८ मंगलबार