प्रविधि

सचिन फेसबुकमा, चार लाख लाइक

नयाँ दिल्ली- क्रिकेटका सदाबहार स्टार सचिन तेन्दुलकर सोमबारदेखि फेसबुकमा जोडिएका छन्। सोमबार बिहान नौ बजे उनको आधिकारिक पेज लञ्च गरिएको थियो। त्यसको केही घण्टामा नै चार लाख जनाले त्यसलाई लाइक गरे।  
यसअघि अमिताभ बच्चन फेसबुकमा आउँदा पनि आधा घण्टामा नै आठ लाख जनाले लाइक गरेका थिए। सचिनले आफ्नो फेसबुक पेजमा एउटा भिडियो सन्देश पनि राखेका छन्।

सचिनले सन् २०१० मा टि्वटर चलाउन थालेका थिए। त्यसमा उनलाई पछ्याउनेहरुको संख्या २६ लाखभन्दा बढी छ।

प्रकाशित: २५ भाद्र २०६९ ०७:२२ सोमबार