प्रविधि

आइफोन र आइप्याडका लागि फेसबुकको नयाँ एप्स

सन फ्रान्सिस्को, भदौ ८ (एजेन्सी)- फेसबुकले आइफोन र आइप्याडका लागि नयाँ एप्स ल्याएको छ। छिटो खुल्ने र राम्रो सुविधा दिने उद्देश्यले आफ्नो एप्समा परिवर्तन गरेको फेसबुकले जनाएको छ।
मोबाइल डिभाइसहरुबाट फेसबुक चलाउनेहरुको संख्या बढ्दै गएपछि फेसबुकले आफ्नो पुरानो एप्सलाई आमूल परिवर्तन गरी नयाँ स्वरुप दिएको हो।

धमाधम खस्कँदै गएको सेयर मूल्यपछि मोबाइलबाट पैसा कमाउन विज्ञापन राख्नु पर्ने दबाब पनि फेसबुकले खेप्दै आएको छ।

फेसबुकका मोबाइल प्रोडक्ट म्यानेजर माइक जोन्सनले नयाँ एप दुई गुणा छिटो हुने दावी गरे।

http://m.facebook.com ठेगाना प्रयोग गरी फेसबुकको मोबाइल संस्करण डेस्कटप कम्प्युटरमा पनि कम गतिको इन्टरनेट भएको ठाउँमा हेर्न सकिन्छ।

प्रकाशित: ८ भाद्र २०६९ ०४:१६ शुक्रबार