प्रविधि

नुकको भाउ घट्यो

वार्नेस एन्ड नोवलले इ रिडर नुकको तीनवटा मोडलको मूल्य घटाएको छ। अमेजनले नयाँ ट्यावलेट ल्याउने तयारी गरिरहेको अवस्थामा कम्पनीले नुकको भाउ घटाएको हो। अमेरिकी पुस्तक बिक्रीको ठूलो सञ्जाल चलाइरहेको वार्नेस एन्ड नोवेले २ सय ४९ डलर पर्ने १६ गिगावाइटको नुक ट्याबलेटको मूल्य अब १ सय ९९ डलर तोकेको छ। ८ गिगावाइट मोडलको मूल्य २० डलरले घटाइएको छ। नुक कलर नामको यो ट्याबलेट अव १ सय ४९ डलरमा किन्न सकिन्छ।  
इबुक रिडर डिभाइसमा ६० प्रतिशत बजार हिस्सा अमेजनको किन्डलले लिन्छ भने २७ प्रतिशतमा बजार हिस्सा नुकसँग रहेको बताइन्छ। अमेजनसँग प्रतिस्पर्धा गर्नकै लागि नुकले भाउ घटाएको हो। कम्पनीले पहिलो त्रैमासिकमा बिक्रीबाट हुने आम्दानी पहिलेजस्तै कायम राख्न सकेको छैन। १० प्रतिशतले आय घटेको आर्थिक प्रतिवेदनमा उल्लेख छ।
-एजेन्सी

प्रकाशित: ३२ श्रावण २०६९ ०४:१७ बिहीबार