प्रविधि

लेख चोरेको आरोपमा टाइम र सीएनएनका पत्रकार निलम्बित

न्युयोर्क, साउन २७ (एजेन्सी)- टाइमका सम्पादक तथा सीएनएन कार्यक्रम प्रस्तोता फरिद जकारिया अर्काको लेख चोरेको आरोपमा निलम्बन गरिएको छ।
टाइमको भर्खरैको आफ्नो स्तम्भमा उनले अर्कै लेखका कयौँ अनुच्छेदहरुको नक्कल गरेका थिए।  
जकारियाले शुक्रबार नै एक वक्तव्य निकालेर आफ्नो गल्ती स्वीकार्दै माफी मागेका छन्।

टाइमका प्रवक्ता अलि जेलेन्कोले छुट्टै वक्व्यमा म्यागेजनिकले उनको माफी स्वीकार गरेको तर एक महिनाका लागि उनको स्तम्भ निलम्बन गरेको बताएको छ। त्यसपछि पनि थप समीक्षा हुने टाइमले जनाएको छ।

जकरिया केही महिनाअघि नेपालमा पनि विवादित बनेका थिए। उनले आफ्नो पुस्तक द पोस्ट अमेरिकन वर्ल्डमा बुद्ध भारतमा जन्मिएको लेखेको भन्दै माफी माग्नुपर्ने माग उठेको थियो। यस्तो माग संसदको समितिमा समेत उठेको थियो।

प्रकाशित: २७ श्रावण २०६९ ०३:१६ शनिबार