टेलिफोनका लाइन सबै अप्टिकलमा आबद्ध हुने भएकाले टावरको आवश्यकता नपर्ने नेपाल टेलिकम शाखा महेन्द्रनगरका सहायक इन्जिनियर तेजनारायण शर्माले बताउनुभयो।
पुरानो पिएसटिएन प्रविधिमा आधारित टेलिफोनभन्दा हाल सुरु गरिएको टेलिफोन सेवा निकै गुणस्तरीय भएको उहाँले दाबी गर्नुभयो। पुरानो पद्धतिमा भ्वाइस डाटा राख्न मिल्दैनथ्यो भने यस प्रविधिमा आधारित टेलिफोनमा भ्वाइस डाटा राख्न सकिने सुविधा भएको उनको भनाइ थियो।
यस प्रविधिमा आधारित टेलिफोन कम खराब हुने र मर्मत गर्न सजिलो हुने टेलिकम शाखा महेन्द्रनगरका अर्का सहायक इन्जिनियर किसोरसिं भण्डारीले बताए।
अप्टिकल नेटवर्क युनिट प्रविधिबाट हाल गड्डाचौकी, दोधारा, दैजी र कृष्णपुरमा १४४ लाइन टेलिफोन वितरण गरिएको छ। भविष्यमा यस प्रविधिमा आधारित टेलिफोन सेवालाई जिल्लाका अन्य क्षेत्रमा समेत विस्तार गर्ने योजना रहेको बताइएको छ। रासस
प्रकाशित: १३ श्रावण २०६९ ०३:०८ शनिबार