प्रविधि

पाइनै छाड्यो गुगलको ट्याब्लेट

गुगलले सीमित देशमा बेच्न थालेको सस्तो सात इञ्चको नेक्सस ट्याब्लेटले छोटो समयमा नै धेरै लोकप्रियता कमाइसकेको छ। गुगलको अनलाइन स्टोरमा गत साता १६ जिबीवाला मोडल एकदेखि दुई हप्ता ढिला मात्रै सिपिङ हुनसक्ने बताएको थियो। तर, अब भने उसले अर्डर धान्न नसकेर अर्डर लिनै बन्द गरेको छ। १६ जिबीवाला मोडलको मूल्य २४९ अमेरिकी डलर हुन्छ।
सस्तो खालको आठ जिबीवाला ट्याब्लेट भने अझै अनलाइनमा अर्डर गर्न सकिन्छ। यसको मूल्य १९९ अमेरिकी डलर हो।
सात इञ्चको एससले बनाएको यो ट्याब्लेट जुलाई महिनाको सुरुदेखि बिक्री हुन थालेको हो। एन्ड्रोइडको जेलिबिन अपरेटिङ सिस्टममा चल्ने यस ट्याब्लेटमा १२८० र ८०० को एचडी डिस्प्ले र क्वाड कोर प्रोसेसर छ।
-एजेन्सीको सहयोगमा

प्रकाशित: १२ श्रावण २०६९ ०४:५१ शुक्रबार