यो सेवा पाउन ग्राहकले स्मार्टसेलबाट एसिटी स्पेस एमसिए टाइप गरी ४२७० मा सन्देश पठाउनुपर्छ। यसबापत मासिक करबाहेक १० रुपैयाँ शुल्क लाग्छ।
कम्पनीले भ्यालुएडेड सर्भिस थप्ने क्रममा यो सेवा सुरु गरेको जनाएको छ। कम्पनीले यसअघि नै स्मार्ट ट्युन, हेल्थलाइन सर्भिस, ब्यालेन्स नभएमा पनि कल ब्याक र ब्यालेन्स रिक्वेस्ट पठाउन सकिने लगायत सेवा सुरु गरिसकेको छ।
प्रकाशित: १६ असार २०६९ २२:०२ शनिबार