प्रविधि

नुक अँध्यारोमा पनि हेर्न सकिने

काठमाडौँ- इबुक रिडर नुकलाई अब अँध्यारोमा पनि हेर्न सकिने बनाइँदैछ। नुकको व्ल्याक एन्ड ह्वाइट स्क्रिन अँध्यारोमा पढ्न सकिन्न।  

किन्डल र नुकको इबुक रिडरबाट प्रकाश नआउने हुँदा किताव पढेजस्तै गरी पढ्न सकिन्छ तर किताप पढ्दा अध्यारोमा नदेखिएजस्तै यसमा पनि देखिन्न। उज्यालो ठाउँमा भने यस्ता इरिडर सजिलै पढ्न सकिन्छ। चर्को घाममा पनि पढ्न गाह्रो नहुने डिभाइसलाई सुधार गर्न नुक उत्पादक बार्नेस एन्ड नोबेल सक्रिय भएको हो।

नयाँ नुकमा ग्लोलाइट उपलव्ध हुनेछ जसबाट थोरै प्रकाश निक्लन्छ र अध्यारो ठाउँमा पनि पढ्न सकिन्छ। यसको मूलय १ सय ४० डलरको हाराहारीमा हुने बताइएको छ।

नेपालजस्तो कुनै पनि समय बत्ति निभ्ने मुलुकमा यस्तो सुविधाको इरिडर पक्कै पनि लोकप्रिय हुनसक्छ।

प्रकाशित: १३ वैशाख २०६९ ०३:४० बुधबार